७ माघ २०८२, बुधबार | January 21, 2026

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार



काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व सम्हाल्न पुगेका कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी उठाएका छन् । बिभिन्न जिल्लामा दर्ता भएका उम्मेदवारीको विवरण आइनसकेकाले संख्या केही बढ्न सक्ने उनेपाले जनाएको छ ।

अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको र केही ठाउँको विवरण आउन बाँकी रहेको पार्टीका उपाध्यक्ष जितराम लामाले बताए ।

पार्टीका अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् ।

रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले सहमति भएको १२ दिनमा सहमति तोडेर पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीको नामबाट उम्मेदवारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ०२ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

हुम्लाको विकास सूचक र भविष्य

प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)