७ माघ २०८२, बुधबार | January 21, 2026

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै



नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम पुगेपछि १६औं शृङ्खलामा बाँकेमा आम औषधि सेवन कार्यक्रम संचालन गरिने भएको छ । बाँकेका तीन पालिका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औं शृङ्खलाको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम संचालन गरिन लागिएको हो ।

नेपालगन्जमा आज आयोजित संचारकर्मीहरुसंगको छलफल कार्यक्रममा एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव नहुने भएका कारण हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम जारी राखिएको जानकारी दिइयो । छलफल कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम कुमार महतोले हात्तीपाइले रोगको जोखिम र औषधि सेवनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण गर्दै एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव नहुने जनाउँदै बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन नसकेको बताए । स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहुने बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दलगायतले सबैले दृढ संकल्पका साथ यो अभियानमा प्रतिबद्ध भई हातेमालो गरेमा सफलता हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुलाई पनि औषधि सेवन गराइएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १० : २२ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ