१९ असार २०८३, शुक्रबार | July 3, 2026

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान



नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ बाँकेले निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गरेको छ । शाखाको कार्यसमिति बैठकले निर्वाचनलाई लक्षित गर्दै जिम्मेवार पत्रकारिताका लागि मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गरेको हो ।

बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको वैठकले प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ को छैठौँ स्मृति दिवसका अवसरमा माघ १५ गते ‘फेक’ समाचारलाई निरुत्साहित गर्ने उद्देश्यले ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको महासंघ बाँकेका सचिव कृष्ण ओलीले जानकारी दिए ।

यसैगरी बैठकले नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको विशेष उपस्थितिमा यही माघ १९ गते नेपालगन्जमा ‘आमसञ्चार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १० : ४२ बजे

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फर्छ्योट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक