८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरूको नामावली आज बेलुका ५ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता गरिएका उम्मेदवारविरुद्ध हिजो उजुरी दिने कार्यतालिका रहेको थियो । दर्ता भएका उजुरीमाथि आज जाँचबुझ गरी आवश्यक निर्णय गर्दै अन्तिम नामावली सार्वजनिक गर्न लागिएको हो ।

यसैबीच, उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भक्तपुर, सुनसरी, रौतहट र कैलाली जिल्लाका उम्मेदवारविरुद्ध उजुरी परेको हो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट दुई जना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट एक जना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट एक जना तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट एक जना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगले जनाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । आयोगको तालिकाअनुसार सोही दिन देशभर उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरूविरुद्ध बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी-विरोध पेस गर्ने समय तोकिएको थियो । त्यसपछि उजुरीमाथि जाँचबुझ गरी आज अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ६ : ५८ बजे

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा