२२ भदौ २०८३, सोमबार | September 7, 2026

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै



काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ ।

नेपालले हालसम्म खेलेका खेलहरूमा मिश्रित नतिजा निकालेको छ । नेपालले पाकिस्तान र भारतसँग क्रमशः ४-४ र ३-३ गोलको बराबरी खेलेको थियो भने श्रीलंकाविरुद्ध २-१ को महत्वपूर्ण जित हात पारेको छ । माल्दिभ्सविरुद्धको खेल जित्दै अंकतालिकामा आफूलाई मजबुत बनाउने लक्ष्य नेपाली टोलीको रहेको छ ।

यता, माल्दिभ्स भने लगातार चौथो जितको खोजीमा मैदान उत्रँदैछ । प्रतियोगितामा हालसम्म अपराजित रहेको माल्दिभ्सले भारतलाई ५-०, भुटानलाई ४-१ र बंगलादेशलाई ६-१ ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आक्रामक खेलशैली र गोल क्षमताका कारण माल्दिभ्स यस प्रतियोगिताको बलियो टोलीका रूपमा हेरिएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलोपटक साफ फुटसल च्याम्पियनसिप सञ्चालन भएको हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको छ । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीमा सञ्चालित प्रतियोगितामा सबै टोलीले एक-आपसमा खेल्नेछन् र सबैभन्दा धेरै अंक जोड्ने टोलीले उपाधि उचाल्नेछ ।

नेपालका लागि माल्दिभ्सविरुद्धको खेल जित हासिल गर्दै उपाधि दौडमा आफूलाई कायम राख्ने अवसरका रूपमा रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ७ : ३१ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा