८ माघ २०८२, बिहिबार | January 22, 2026

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै



काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ ।

नेपालले हालसम्म खेलेका खेलहरूमा मिश्रित नतिजा निकालेको छ । नेपालले पाकिस्तान र भारतसँग क्रमशः ४-४ र ३-३ गोलको बराबरी खेलेको थियो भने श्रीलंकाविरुद्ध २-१ को महत्वपूर्ण जित हात पारेको छ । माल्दिभ्सविरुद्धको खेल जित्दै अंकतालिकामा आफूलाई मजबुत बनाउने लक्ष्य नेपाली टोलीको रहेको छ ।

यता, माल्दिभ्स भने लगातार चौथो जितको खोजीमा मैदान उत्रँदैछ । प्रतियोगितामा हालसम्म अपराजित रहेको माल्दिभ्सले भारतलाई ५-०, भुटानलाई ४-१ र बंगलादेशलाई ६-१ ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आक्रामक खेलशैली र गोल क्षमताका कारण माल्दिभ्स यस प्रतियोगिताको बलियो टोलीका रूपमा हेरिएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलोपटक साफ फुटसल च्याम्पियनसिप सञ्चालन भएको हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको छ । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीमा सञ्चालित प्रतियोगितामा सबै टोलीले एक-आपसमा खेल्नेछन् र सबैभन्दा धेरै अंक जोड्ने टोलीले उपाधि उचाल्नेछ ।

नेपालका लागि माल्दिभ्सविरुद्धको खेल जित हासिल गर्दै उपाधि दौडमा आफूलाई कायम राख्ने अवसरका रूपमा रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ७ : ३१ बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज (फोटो फिचरसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट