२२ भदौ २०८३, सोमबार | September 7, 2026

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै



काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गतको यो खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालका लागि यो खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । त्यसैले प्रतियोगितामा अगाडि बढ्ने सम्भावना कायम राख्न नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जित आवश्यक छ । यता, नेदरल्यान्ड्स भने उत्कृष्ट लयमा देखिएको छ । उसले पहिलो दुई खेलमा जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै लगातार दुई जित निकालेको छ ।

महिला टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४ औं स्थानमा रहेको छ भने नेपाल २१औं स्थानमा छ । अहिलेसम्म दुवै टोलीबीच खेलेका तीनवटै खेलमा नेपालले पराजय बेहोरेको तथ्यांक छ, जसका कारण आजको खेल नेपालका लागि चुनौतीपूर्ण रहने देखिन्छ ।

घरेलु मैदान र समर्थकको साथलाई सदुपयोग गर्दै इतिहास बदल्ने लक्ष्यसहित नेपाली महिला टोली मैदानमा उत्रनेछ । टोलीको नेतृत्व इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, बिन्दु रावलजस्ता अनुभवी खेलाडीहरूले गर्ने अपेक्षा गरिएको छ ।

नेपालको टोलीमा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी रहेका छन् ।

नेपालले नेदरल्यान्ड्सविरुद्ध जित निकाल्दै प्रतियोगितामा नयाँ इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ८ : २० बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा