१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन) बिहीबार इलाम पुगेका छन् । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन चुनावी अभियानकै क्रममा इलाम पुगेका हुन् ।

बालेनले मंगलबार झापाबाट उम्मेदवारी मनोनयन दर्ता गराएका थिए भने बुधबार झापाका मतदातासँग छलफल तथा भेटघाट गरेका थिए । त्यसलगत्तै बिहीबार बिहान उनी इलाम पुगेका हुन् । इलाम सदरमुकाम इलाम बजारमा उनले इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम-२ का उम्मेदवार गोकुलबहादुर राईसँग भेटघाट गरेका छन् ।

इलाम आगमनका क्रममा बालेन साहलाई भेट्न सर्वसाधारणको उल्लेखनीय भीड लागेको थियो । समर्थकहरू उनलाई भेट्न, हात मिलाउन तथा सँगै फोटो खिच्न उत्साहित देखिन्थे । यसले इलाम क्षेत्रमा रास्वपाप्रति जनचासो र समर्थन बढ्दो रहेको संकेत गरेको छ ।

रास्वपाले परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको एजेन्डा अघि सारेको भन्दै बालेन साहले प्रदेश-प्रदेशमा पुगेर उम्मेदवार तथा कार्यकर्तालाई उत्साहित गरिरहेका छन् । इलामपछि बालेन साह आजै पाँचथर जाने कार्यक्रम रहेको छ । उनी पाँचथर सदरमुकाम फिदिममा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

रास्वपाको चुनावी अभियानलाई सशक्त बनाउन शीर्ष नेतृत्व स्वयं मैदानमा उत्रिएको भन्दै पार्टीका कार्यकर्ताहरू उत्साहित देखिएका छन् ।

फोटो फिचरसहित

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : १६ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै