१० श्रावण २०८३, आइतबार | July 27, 2026

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन) बिहीबार इलाम पुगेका छन् । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन चुनावी अभियानकै क्रममा इलाम पुगेका हुन् ।

बालेनले मंगलबार झापाबाट उम्मेदवारी मनोनयन दर्ता गराएका थिए भने बुधबार झापाका मतदातासँग छलफल तथा भेटघाट गरेका थिए । त्यसलगत्तै बिहीबार बिहान उनी इलाम पुगेका हुन् । इलाम सदरमुकाम इलाम बजारमा उनले इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम-२ का उम्मेदवार गोकुलबहादुर राईसँग भेटघाट गरेका छन् ।

इलाम आगमनका क्रममा बालेन साहलाई भेट्न सर्वसाधारणको उल्लेखनीय भीड लागेको थियो । समर्थकहरू उनलाई भेट्न, हात मिलाउन तथा सँगै फोटो खिच्न उत्साहित देखिन्थे । यसले इलाम क्षेत्रमा रास्वपाप्रति जनचासो र समर्थन बढ्दो रहेको संकेत गरेको छ ।

रास्वपाले परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको एजेन्डा अघि सारेको भन्दै बालेन साहले प्रदेश-प्रदेशमा पुगेर उम्मेदवार तथा कार्यकर्तालाई उत्साहित गरिरहेका छन् । इलामपछि बालेन साह आजै पाँचथर जाने कार्यक्रम रहेको छ । उनी पाँचथर सदरमुकाम फिदिममा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

रास्वपाको चुनावी अभियानलाई सशक्त बनाउन शीर्ष नेतृत्व स्वयं मैदानमा उत्रिएको भन्दै पार्टीका कार्यकर्ताहरू उत्साहित देखिएका छन् ।

फोटो फिचरसहित

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : १६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले