८ माघ २०८२, बिहिबार | January 22, 2026

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित



काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको प्रतिस्पर्धामा नेपाल २ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्रै बनाउन सकेपछि नेपाल लक्ष्यमा पुग्न असफल भयो ।

यसअघि २४ बल बाँकी रहँदा नेपाललाई ४८ रन चाहिएको अवस्थामा सीता र रुबिनाले संयमित र आक्रामक ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन तथा सीता राना मगरले अविजित २७ रनको योगदान दिइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्यान्ड्सका तर्फबाट इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । साथै सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १-१ विकेट हात पारिन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १२ : ४५ बजे

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन