२२ भदौ २०८३, सोमबार | September 7, 2026

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित



बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यही माघ १४ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने तयारी गरिएको भए पनि निर्वाचन सम्पन्न नभएसम्मका लागि रोक्नु परेको संघले जनाएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार, आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागू भएकाले मेला तत्कालका लागि स्थगित गर्नुपरेको हो । मेला २०८२ माघ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने निर्णय भइसकेको भए पनि कानुनी र नीतिगत बाध्यताका कारण कार्यक्रम अगाडि बढाउन नसकिएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघले जारी गरेको सूचनामा निर्वाचन आचारसंहिता लागू भइसकेकाले मेला स्थगित गरिएको उल्लेख गर्दै निर्वाचन सम्पन्न भएपछि उपयुक्त समय तय गरी कृषि मेला पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।

कृषि उत्पादन, प्रविधि, बजार प्रवर्द्धन तथा किसान र व्यवसायीबीच समन्वय बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त मेलाप्रति कृषक, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय चासो रहेको थियो । मेला स्थगित भए पनि आगामी दिनमा अझ व्यवस्थित रूपमा कार्यक्रम आयोजना गरिने संघले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार