काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारका यसअघिका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो । रिक्त प्रवक्ता पदमा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिँदै सरकारले सरकारका गतिविधि, निर्णय र नीतिगत विषयमा जानकारी प्रवाह गर्ने दायित्व सुम्पिएको हो ।
पूर्वप्रवक्ता खरेल ललितपुर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । निर्वाचनको माहोल बढ्दै जाँदा सरकारको प्रवक्ता परिवर्तनलाई राजनीतिक तथा प्रशासनिक निरन्तरताका रूपमा हेरिएको छ ।
नयाँ प्रवक्ताको जिम्मेवारी पाएसँगै गृहमन्त्री अर्यालले सरकारका निर्णय र समसामयिक विषयमा नियमित रूपमा जानकारी गराउने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया