१० भदौ २०८३, बुधबार | August 26, 2026

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता



काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए ।

“विशेष गरी कोशी प्रदेशको सीमा नाकामा हामीले सतर्कता अपनाएका छौँ । अरु सीमा नाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौं”, उनले भने ।

प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ८ : २९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट