५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम नगर्ने निर्माण व्यवसायीले सञ्चालन गरेका रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले जिम्मा लिने लिने तर समयमा काम नगरेर अलपत्र पारिएका रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले भने, “जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नुस् ।”

मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्याउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले हामीप्रति नै नागरिकको अविश्वास पैदा हुने बताउँदै भने, “पैसा भएर काम हुन नसकेको र योजना अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति लचिलो हुनुपर्ने जरुरी र्छैन ।” सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्वतिर लाग्न र यसलेसमेत परिणाम नदेखिए नियमसङ्गत रुपमा ठेक्का अन्त्य गर्न उनले मन्त्रालयलाई निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला तीन वर्षभन्दाअघिका केही आयोजना रुग्ण रहेकाले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताए । उनले चालु आवमा करिब ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षीय आयोजना स्वीकृतिको चरणमा रहेकाले माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ९ : ५९ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका