काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि सभापति गगन थापाले पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेअनुसार आज बैठक बस्न लागेको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन केन्द्रित रणनीति बनाउने विषयमा छलफल हुने बताइएको छ ।
बैठकले सभापति थापालाई आगामी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर अघि बढ्ने निर्णय गर्ने बताइएको छ । यस्तै बैठकमा चुनावी घोषणापत्र तयार गर्ने विषयमा पनि निर्णय हुनेछ ।


















प्रतिक्रिया