१६ श्रावण २०८३, शनिबार | August 2, 2026

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र



काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न निर्वाचन आयोगले राष्ट्र बैंकलाई पत्राचार गरेको छ। आगामी प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले छुट्टै खाता खोलेर हिसाबकिताब राख्नुपर्ने व्यवस्था भए अनुसार आयोगले राष्ट्र बैंकलाई पक्राचार गरेको हो ।

यसपटक देखि लागु हुने गरि आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख छ।

निर्वाचनमा गरिने खर्चका लागि जिम्मेवार पदाधिकारी तोक्नु पर्ने र यसरी तोकिएका पदाधिकारीको नाम–नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने आचारसंहितामा व्यवस्था छ।

यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छु‌ट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट मात्र खर्च गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। दलले निर्वाचनमा २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ।

कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई राजनीतिक दलका नाममा प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैंक खातामा जम्मा गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

निर्वाचन प्रयोजनका लागि खोलिएको खातालाई निर्वाचन सकिएपछि पनि आयोगले बन्द गर्न नलगाउँदासम्म यथावत राख्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ०७ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा