२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला



नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता, पुर्वप्रधानमन्त्री एवम् कांग्रेसका पुर्व सभापति स्वर्गिय सुशिल कोइरालाको निर्वाचन क्षेत्र बाँके–२ लाई यसपटक फर्काएर ल्याउने उद्घोष गरेका छन् ।

नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका कोईराला क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्दर्भमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्ला स्तरिय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु धेरै रहेको बताए । ‘क्षेत्र नम्बर २ मा यसपाली नेपाली कांग्रेसले झण्डा गाड्नेछ, कांग्रेसको संगठन यति बलियो छ, नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु हुनुहुन्छ,’ उनले भने, ‘विगतमा हामीबाट कमीरकमजोरी भयो, गठबन्धनका नाममा हामीले रुखमा भोट हाल्न बिर्सिसकेका थियौं, सुशिल कोइरालाको क्षेत्रलाई हामीले रुख चिन्हमा भोट हालेर यसपटक फर्काएर ल्याउनेछौं ।’ क्षेत्र नम्बर २ जतिकै बाँकेको क्षेत्र नम्बर १ र ३ मा पनि आम जनताले नेपाली कांग्रेसलाई माया गर्ने उनको भनाई छ ।

उम्मेदवार सुधान्सुले आफु निर्वाचित भएपछि संविधान पिता स्वर्गिय सुशिल कोइरालाको निष्ठालाई कायम गरेर देखाउने र कांग्रेसका सबै क्रियाशिल सदस्यको सम्मानमा कमी हुन नदिने प्रतिबद्धता जनाए । कांग्रेसले यसपटक आफुलाई युवा अनुहार स्वरुप उम्मेदवारका रुपमा प्रस्तुत गरेको उनले बताए ।

‘म हाम्रो पार्टी सभापति आदरणीय गगन थापा ज्यु लगायत सबै मेरा सबै नेताहरुलाई धन्यवाद दिन चाहन्छु, सबैको आर्शिवाद लिएर म अगाडी बढ्नेछु, हामी भनेको रुख नै हो, चार तारे नै हो,’ उनले थपे, ‘म हजुरहरुमाझ आर्शिवाद लिए आएको छु, वडा तहदेखीका सबै नेताहरुले आशिर्वाद दिनुहुनेछ, पुर्वप्रधानमन्त्री एवम् पुर्वसभापति स्वर्गिय सुशिल कोइरालाको क्षेत्र पनि हो, यो क्षेत्रमा हामीले झण्डा गाड्ने कुरा भईसकेको छ ।’

हेभिवेट उम्मेदवारको प्रसंग कोट्याउँदै कोइरालाले कांग्रेसले बाँके–२ सहित देशभरका ७७ वटै जिल्लामा आफ्ना हेभिवेट उम्मेदवार उठाएको दाबी गरे ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ८ : ५४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात