११ माघ २०८२, आइतबार | January 25, 2026

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था



दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका-१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो ।

छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला संघ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला संघ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।

यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : १५ बजे

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको