६ श्रावण २०८३, बुधबार | July 22, 2026

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर पब्लिक डिबेट नगर्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले चुनाव केन्द्रित सार्वजनिक बहसका लागि आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिक्रियास्वरूप शाहले सामाजिक सञ्जालमार्फत कडा असहमति जनाएका हुन् । ओलीले आफूलाई ‘देश जलाउने’ र ‘आतङ्कवादी’ का रूपमा चित्रित गरेको आरोप लगाउँदै शाहले यस्तो व्यक्तिसँग एउटै मञ्चमा उभिन नसक्ने बताएका छन् ।

शाहले भदौ २३ गते भएको बालबालिकाको हत्या र भदौ २४ गतेको आगजनी घटनाको जिम्मेवारी आफू र आफ्नो पक्षमाथि थोपरिएको दाबी गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । ती घटनाका विषयमा आफूलाई दोषारोपण गरिनु अन्यायपूर्ण र आपत्तिजनक भएको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “७६ जना बालबालिकाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस अपराधमा सामेल भएको अर्थ लाग्छ । यस्तो म स्वीकार गर्न सक्दिनँ ।”

शाहले आफ्नो राजनीतिक यात्रालाई मूल्य, नैतिकता र जवाफदेहितासँग जोड्दै जनताको सवालमा स्पष्ट बहस गर्न तयार भए पनि आरोप–प्रत्यारोप र चरित्र हत्या गर्ने प्रवृत्तिसँग जोडिएको पब्लिक डिबेटमा सहभागी नहुने बताएका छन् ।

उनको यस अभिव्यक्तिपछि चुनावी बहस र सार्वजनिक डिबेटको विषय थप राजनीतिक रूपमा तातिएको छ । विभिन्न दलका शीर्ष नेताहरूबीच प्रस्तावित पब्लिक डिबेट हुने–नहुने भन्ने विषय अहिले चुनावी चर्चाको केन्द्रमा पुगेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ४८ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा