१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रुकुम पश्चिममा एमालेले जनार्दनलाई सघाउने



काठमाडौं । नेकपा (एमाले)ले रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउने निर्णय गरेको छ।

एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच रुकुम पश्चिम, रुकुम पूर्वसहित साविक राप्ती अञ्चल र डोल्पा जुम्ला छोडेर कर्णाली अञ्चलका जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा आइतबार एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई एमालेले सघाउनेछ।

यसैगरी, राप्ती अञ्चलका बाँकी जिल्ला र कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लामा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।

सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पार्टीले आफ्ना–आफ्ना आन्तरिक पंक्तिलाई अविलम्ब आवश्यक निर्देशन दिने जनाएका छन्।

 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : ४० बजे

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज आइतबार (कात्तिक

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित

धान फल्ने खेतमा फूलखेती

झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क

एनपीएल : जनकपुरलाई दोस्रो जितको लक्ष्य, पोखरालाई पहिलो जितको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने खेलमा