२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश



काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ ।

न्यायाधीश डा मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त आदेश दिएको हो । आदेशमा भनिएको छ, “यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला ।”

यसअघि, यही माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको गत पुस ३० गतेको निर्णयको सक्कलप्रति झिकाउने आदेश गरेको थियोे ।

सभापति लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । महान्यायाधिवक्ता कार्यालयले लामिछानेसँगै सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो । उक्त निर्णयविरुद्ध नेपाल बार एसोसिएसन, विभिन्न मानव अधिकारवादी सङ्घसंस्था र नागरिक समाजले विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ३५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात