१३ माघ २०८२, मंगलबार | January 27, 2026

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो घृणाजन्य अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि तत्काल रोक्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षा अझ सुदृढ बनाउन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा घृणाजन्य अभिव्यक्ति बढ्दै गएको आयोगको ठहर छ । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले अराजकता बढाउने र निर्वाचनको समयमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने जोखिम रहेको उल्लेख गरिएको छ ।

आयोगका अनुसार पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एक–अर्कामाथि लक्षित आक्षेप, अमर्यादित आरोप–प्रत्यारोप तथा घृणायुक्त अभिव्यक्तिहरू सार्वजनिक रूपमा व्यक्त भइरहेका छन् ।

संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले अभिव्यक्ति र विचारको स्वतन्त्रताको संरक्षण गरे पनि अरूको गरिमा, मर्यादा र सामाजिक सद्भावमा आँच पुग्ने गतिविधिलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा स्वीकार गर्न नसकिने आयोगको स्पष्ट धारणा छ ।

आयोगले संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जाल प्रयोग गर्दा शिष्टता र मर्यादाको पालना गर्न सबैलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा राजनीतिक दलका नेता, उम्मेदवार तथा सर्वसाधारणलाई घृणायुक्त अभिव्यक्तिको प्रचार–प्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न विशेष अनुरोध गरिएको छ । यस्ता अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्न सक्ने आयोगले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : २३ बजे

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौं । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय

काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट

४२ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

रास्वपाले सोसल मिडियामा स्टन्टबाजी गरेर भ्रम फैलायो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल