१६ श्रावण २०८३, शनिबार | August 1, 2026

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो घृणाजन्य अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि तत्काल रोक्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शान्ति सुरक्षा अझ सुदृढ बनाउन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा घृणाजन्य अभिव्यक्ति बढ्दै गएको आयोगको ठहर छ । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले अराजकता बढाउने र निर्वाचनको समयमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने जोखिम रहेको उल्लेख गरिएको छ ।

आयोगका अनुसार पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एक–अर्कामाथि लक्षित आक्षेप, अमर्यादित आरोप–प्रत्यारोप तथा घृणायुक्त अभिव्यक्तिहरू सार्वजनिक रूपमा व्यक्त भइरहेका छन् ।

संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले अभिव्यक्ति र विचारको स्वतन्त्रताको संरक्षण गरे पनि अरूको गरिमा, मर्यादा र सामाजिक सद्भावमा आँच पुग्ने गतिविधिलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा स्वीकार गर्न नसकिने आयोगको स्पष्ट धारणा छ ।

आयोगले संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जाल प्रयोग गर्दा शिष्टता र मर्यादाको पालना गर्न सबैलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा राजनीतिक दलका नेता, उम्मेदवार तथा सर्वसाधारणलाई घृणायुक्त अभिव्यक्तिको प्रचार–प्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न विशेष अनुरोध गरिएको छ । यस्ता अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्न सक्ने आयोगले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ३ : २३ बजे

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका