१० भदौ २०८३, बुधबार | August 26, 2026

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिरिएको घटनामा सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयुक्त लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित घटनामाथि अध्ययन गर्दै रवि लामिछाने, नख्खु कारागारका प्रशासक (जेलर) सत्यराज जोशी, रास्वपाका तत्कालीन सांसद मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखी अनुसन्धान गर्न सुझाव दिएको हो।

आयोगले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई बाहिर पठाउने कार्य मानव अधिकार उल्लंघनमात्र नभई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार फौजदारी अपराधसमेत भएको उल्लेख गरेको छ।

प्रतिवेदनमा भनिएको छ, ‘कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याइँकर्तालाई कारागार बाहिर पठाउन सहयोग गरी आम नेपाली नागरिकको मानव अधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको संलग्नता रहेको देखिन्छ।’

आयोगका अनुसार भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि भदौ २४ गते देशभर आन्दोलन चर्किएको थियो। त्यसक्रममा विभिन्न कारागारमा समेत तनाव उत्पन्न भएको र नख्खु कारागारबाट रवि लामिछाने बाहिरिएका थिए। पछि उनी पुनः कारागार फर्किएका थिए।

छानबिनका क्रममा जेलर सत्यराज जोशीले आफू रवि लामिछानेका समर्थक र सहयोगीको दबाब, डर र धम्कीका कारण उनलाई बाहिर पठाउने पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बयान दिएका थिए। तर लामिछानेले भने कारागार प्रशासनले नै ‘तपाईं बाहिर गए जेल सुरक्षित हुन्छ’ भन्दै आफूलाई बाहिर पठाएको दाबी गरेका छन्।

आयोगले यी दुई पक्षका बयान आपसमा बाझिएको उल्लेख गर्दै घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा ठूलो संख्यामा कैदीबन्दी गैरकानूनी रूपमा बाहिर निस्किँदा समाजमा असुरक्षा सिर्जना भएको र यसबाट नागरिकको संविधानप्रदत्त अपराध पीडितको हकसमेत प्रभावित भएको उल्लेख गरिएको छ।

आयोगले नख्खु कारागारबाट रवि लामिछानेलाई छुटाउन ठूलो समूहसहित पुगेका रास्वपाका नेताहरू मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ४ : ५१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त