काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० मा विलय भएको छ ।
मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा दुवै पार्टीबीच औपचारिक सहमति भएको हो ।
दुईपार्टीबीच ४ बुँदे सहमतिपत्र भएको छ । सो सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रको पहिलो बुँदामा चुरे भावर पार्टी पूर्ण रूपमा नेकपामा विलय हुने उल्लेख छ । यससँगै चुरे भावर पार्टीका नेता तथा कार्यकर्ताहरू नेकपाको संगठन संरचनामा समायोजन हुनेछन् ।
सहमतिका अन्य बुँदाहरूमा चुरे क्षेत्रको संरक्षण, तराई–मधेसका जनताको अधिकार सुनिश्चितता तथा राष्ट्रिय एकतालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।
कार्यक्रममा संयोजक प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउने अभियानमा चुरे भावर पार्टीको समाहित महत्वपूर्ण उपलब्धि भएको बताए ।

















प्रतिक्रिया