१४ माघ २०८२, बुधबार | January 28, 2026

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित



बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।

हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

यसैगरी, ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : १५ बजे

गुल्मीमा बोलेको अभिव्यक्तिले सागर ढकाल सामाजिक सञ्जालमा आलोचनाको घेरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण