१४ माघ २०८२, बुधबार | January 28, 2026

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते



वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका-१ रहरियाडीमा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । आज बिहान करिब ३ बजेको समयमा भएको आक्रमणमा आमा-छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म कुनै ठोस जानकारी प्राप्त हुन नसकेको डीएसपी पण्डितले बताए । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर (स्निफर डग) परिचालन गरिएको छ भने सम्भावित संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता समेत बढाइएको छ ।

घटनापछि स्थानीय बासिन्दा भयभीत भएका छन् । प्रहरीले घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पार्दै थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ३२ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा