१४ माघ २०८२, बुधबार | January 28, 2026

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय वरीयतामा उल्लेखनीय सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको टी-२० तर्फको पुरुष अलराउन्डर वरीयतामा ऐरी दुई स्थान उक्लँदै छैटौँ स्थानमा पुगेका छन् ।

यसअघि आठौँ स्थानमा रहेका ऐरी हालैका अन्तर्राष्ट्रिय प्रदर्शनको प्रभावस्वरूप वरीयता सुधार गर्न सफल भएका हुन् । ऐरीको यो उपलब्धिलाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण प्रगतिको रूपमा हेरिएको छ ।

आईसीसीको अद्यावधिक वरीयताअनुसार जिम्बाब्वेका कप्तान सिकन्दर राजा शीर्ष स्थानमा यथावत् छन् । त्यस्तै, पाकिस्तानका अलराउन्डर सैम अयुवले दोस्रो स्थानमा आफ्नो वरीयता कायम राखेका छन् ।

भारतका स्टार अलराउन्डर हार्दिक पान्ड्याले एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । यसअघि तेस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज एक स्थान घट्दै चौथो स्थानमा झरेका छन् । पाकिस्तानका मोहम्मद नवाज पाँचौँ स्थानमा यथावत् रहेका छन् ।

दीपेन्द्रसिंह ऐरीको वरीयतामा आएको यो सुधारले नेपाली क्रिकेट खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्दै गएको संकेत गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ०१ बजे

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व-पश्चिम