२७ बैशाख २०८३, आइतबार | May 11, 2026

नेपाल आईसीसी टि-२० विश्वकप छनोट हुनबाट बञ्चित, युएईसँग ६८ रनले पराजित



काठमाडौं । दोस्रो पटक आईसीसी टि-२० विश्वकप खेल्ने नेपालको सपमना चकनाचुर भएको छ । टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनको फराकिलो अन्तरले पारजित भएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना सपनामै सीमित बनेको हो ।

पहिला ब्याटिङ गर्र्दै युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो । निर्णायक खेलमा नेपालका ब्याटिङ नराम्ररी फ्लप भयो ।

नेपाललाई हराएसँगै युएई ग्लोबल छनोटका समूह एबाट विश्वकपमा छनोट भएको छ । पहिलो ओभरमै २ विकेट गुमाएपछि दबाबमा परेको नेपाल त्यसपछि कुनै पनि समय खेलमा फर्कन सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ सेखले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका अहमेद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए । यस्तै, जुनैद सिद्दिकीले विकेट लिए ।

अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । दोस्रो ओभरमै ओपनर चिराग सुरीलाई गुमाएको युएईका लागि युवा ब्याट्सम्यान भृत्या अरविन्द र मोहम्मद वासिमले उत्कृष्ट ब्याटिङ गरे ।

वासिमले वासिमले ४८ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७० रन बनाए भने अरविन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए । यी दुई दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि ४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । उनले एकै ओभरमा मोहम्मद उस्मान र बलमा मोहम्मद वासिमलाई आउट गरेका थिए । यस्तै, जितेन्द्र मुखिया ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेको नाममा पनि १ विकेट रह्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : १४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको