८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपाल आईसीसी टि-२० विश्वकप छनोट हुनबाट बञ्चित, युएईसँग ६८ रनले पराजित



काठमाडौं । दोस्रो पटक आईसीसी टि-२० विश्वकप खेल्ने नेपालको सपमना चकनाचुर भएको छ । टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनको फराकिलो अन्तरले पारजित भएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना सपनामै सीमित बनेको हो ।

पहिला ब्याटिङ गर्र्दै युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो । निर्णायक खेलमा नेपालका ब्याटिङ नराम्ररी फ्लप भयो ।

नेपाललाई हराएसँगै युएई ग्लोबल छनोटका समूह एबाट विश्वकपमा छनोट भएको छ । पहिलो ओभरमै २ विकेट गुमाएपछि दबाबमा परेको नेपाल त्यसपछि कुनै पनि समय खेलमा फर्कन सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ सेखले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका अहमेद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए । यस्तै, जुनैद सिद्दिकीले विकेट लिए ।

अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । दोस्रो ओभरमै ओपनर चिराग सुरीलाई गुमाएको युएईका लागि युवा ब्याट्सम्यान भृत्या अरविन्द र मोहम्मद वासिमले उत्कृष्ट ब्याटिङ गरे ।

वासिमले वासिमले ४८ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७० रन बनाए भने अरविन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए । यी दुई दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि ४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । उनले एकै ओभरमा मोहम्मद उस्मान र बलमा मोहम्मद वासिमलाई आउट गरेका थिए । यस्तै, जितेन्द्र मुखिया ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेको नाममा पनि १ विकेट रह्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : १४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु