१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आईसीसी टि-२० विश्वकप छनोट : ओमानमाथि नेपालको शानदार जित



काठमाडौं । नेपाल आईसीसी टि-२० विश्वकप छनोट ‘ए’मा तेस्रो भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-२ मा भएको खेलमा आयोजक ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकिय पारी खेले । उनले ५३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५५ रन जोडे । अर्का ओपनर आशिफ शेखले १३ रनको योगदान गरे । आरिफ शेख २१ रन बनाउँदै नट आउट रहे ।

ओमानका लागि जिशान मकसूदले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो ।

नेपाली बलरको अगाडी ओमानका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ओमानका लागि कप्तान जिशान मकसूदले २१ रन बनाए । ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमश: ५ र २ रन जोडे । शोएब खानले ३, मोहम्मद नदीमले १, अयान खानले १६, सन्दीप गौडले १, नेस्टर धम्बाले ३ रनको योगदान गरे । नसीम खुशीले १५, कलीमुल्लाहले १४, बिलाल खानले ४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । कमल सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, सागर ढकालले एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : ४५ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत