१६ भदौ २०८३, मंगलबार | September 1, 2026

आईसीसी टि-२० विश्वकप छनोट : ओमानमाथि नेपालको शानदार जित



काठमाडौं । नेपाल आईसीसी टि-२० विश्वकप छनोट ‘ए’मा तेस्रो भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-२ मा भएको खेलमा आयोजक ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो ।

ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकिय पारी खेले । उनले ५३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५५ रन जोडे । अर्का ओपनर आशिफ शेखले १३ रनको योगदान गरे । आरिफ शेख २१ रन बनाउँदै नट आउट रहे ।

ओमानका लागि जिशान मकसूदले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो ।

नेपाली बलरको अगाडी ओमानका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ओमानका लागि कप्तान जिशान मकसूदले २१ रन बनाए । ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमश: ५ र २ रन जोडे । शोएब खानले ३, मोहम्मद नदीमले १, अयान खानले १६, सन्दीप गौडले १, नेस्टर धम्बाले ३ रनको योगदान गरे । नसीम खुशीले १५, कलीमुल्लाहले १४, बिलाल खानले ४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । कमल सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, सागर ढकालले एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : ४५ बजे

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह