१६ भदौ २०८३, मंगलबार | September 1, 2026

आईसीसी यू–१९ महिला टी–२० : कुवेतमाथि नेपालको विजयी



नेपालगन्ज । युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई हराउँदै नेपाल विजयी भएको छ ।

कुवेतलाई १०८ रनले पछाडि पार्दै नेपालले लगातारको दोस्रो जित निकालेको हो । आफ्नो दोस्रो खेलमा नेपालले आज कुवेतलाई १०८ रनले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा हिजो नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट हुँदा खेलको नतिजा नेपालको पोल्टोमा परेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ३ : १६ बजे

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई