१४ माघ २०८२, बुधबार | January 28, 2026

बाहिरियो वर्षा गराउने प्रणाली



काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।

उक्त प्रणालीले आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।

उक्त प्रणलीले काठमाडौँमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।

रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ति जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।

आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ ।

बिहीबार तराई भू–भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ९ : ४८ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले