१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन



सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने बताएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका–७ मा बजार विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमूना बनाएर देखाउने प्रतिबद्धता व्यक्त गरे । मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभइ चाहना भएको उनको भनाइ थियो । पहाड र सहर बुझेको आफूले तराई बुझ्नु अति आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले मधेस पढ्न आएको बताए ।

सभपति थापाले सोमबारदेखि आफूले उम्मेदवारी दिएको सर्लाही–४, मा घरदैलो कार्यक्रम गरिरहेका छन् । देश विकास आजको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि चाहिने स्रोत र जनशक्ति नेपालमा रहेकाले अब दृढ इच्छा शक्ति भएको कांग्रेस नेतृत्वमा रहन आवश्यक भएको बताए । जेनजी आन्दोलनको जनादेशअनुसार पार्टीभित्रैबाट सङ्घर्ष गरेर पार्टीको नेतृत्व तयार भएको उनको भनाइ थियो । पार्टीमा जेनजीको योगदान पुरानो रहेको उल्लेख गर्दै सभापति थापाले शहिद दुर्गानन्द झाको योगदानबारे चर्चा गरे ।

“झाले १८÷१९ वर्षको उमेरमा देश र पार्टीका लागि गरेको योगदान अमूल्य छ । गत भदौ २३ र २४ गतेको घटना नागरिकको कुरा नसुन्ने र देशमा व्याप्त भ्रष्टाचार तथा बेथिति विरुद्धको आन्दोलन थियो”, सभापति थापाले भने ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १० : १९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन