१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे ‘नागरिक सम्बोधनपत्र’ सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष केशव सूर्यवंशीले वर्तमान राजनीतिक परिवेशमा व्यक्ति प्रधानभन्दा पनि नीति प्रधान बहस आवश्यक रहेको उल्लेख गरे । नयाँ दलहरूप्रति लक्षित गर्दै उनले भने, “देशले अहिले पात्र होइन, एजेण्डा खोजेको छ । एजेण्डा महत्वपूर्ण कुरा हो, पात्र होइन । हाम्रो संविधानले पनि पात्र केन्द्रित राजनीति होइन, नीतिमा आधारित शासन प्रणालीको परिकल्पना गरेको छ ।”

अध्यक्ष सूर्यवंशीले अहिलेको निर्वाचन प्रणाली र राजनीतिक अवस्थालाई मूल्यांकन गर्दा कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएको बताए । उनले यस्तो अवस्थामा निर्वाचनपछि बन्ने सरकारमा राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणका पक्षमा उभिने दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको धारणा व्यक्त गरे ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव टोप अस्लामी मगरले राष्ट्रिय जनमुक्ति पार्टीले देशका विभिन्न १७ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएको जानकारी दिए । साथै उनले पार्टीको चुनाव चिन्ह ‘हत मिलाएको’ मा मतदान गर्न आम मतदातासमक्ष आह्वान गरे । पार्टीले समानुपातिकतर्फ १२ जना उम्मेदवारको नाम बन्दसूचीमार्फत निर्वाचन आयोगमा पेश गरेको पनि उनले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा संघीयता सुदृढीकरण, शासकीय स्वरूपको सुधार, औद्योगिक विकास र रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य सुधार लगायतका प्रमुख विषय समेटिएका छन् । पार्टीले विगतका निर्वाचनमा सार्वजनिक गरेका घोषणापत्रहरूको समेत स्वामित्व लिने प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रमा भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गर्ने, राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्र कार्यान्वयन नगरेमा त्यसविरुद्ध न्यायालयमा कानुनी उपचार खोज्न पाउने व्यवस्था गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने, तथा सबै नेपाली नागरिकका लागि स्वास्थ्य बीमा सुनिश्चित गर्ने जस्ता एजेण्डाहरूलाई विशेष प्राथमिकता दिइएको छ ।

पार्टी नेतृत्वका अनुसार घोषणापत्र नागरिकको अधिकार, समावेशिता र सुशासनलाई केन्द्रमा राखेर तयार गरिएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १२ : ०६ बजे

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्