१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा



बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स क्लबको आयोजनामा बुटवलमा जारी चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालय (मावि) जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलहरूमा विजयी हुँदै आयोजक न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूल, कान्ति माध्यमिक विद्यालय, सैनामैना माध्यमिक विद्यालय र कालिका मानवज्ञान माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आयोजकका अनुसार शनिबार हुने पहिलो सेमिफाइनल खेलमा न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूल र कान्ति माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो सेमिफाइनल खेलमा सैनामैना माध्यमिक विद्यालय र कालिका मानवज्ञान माध्यमिक विद्यालय फाइनल प्रवेशका लागि आमनेसामने हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम पनि शनिबार नै आयोजना गरिने खेल संयोजक नरेन्द्रकुमार सारुले जानकारी दिए ।

जिल्ला स्तरीय यस प्रतियोगितामा ९ वटा संस्थागत र ७ वटा सामुदायिक गरी कुल १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँ, द्वितीय हुने टिमले ३० हजार रुपैयाँ, तृतीय हुने टिमले २० हजार रुपैयाँ र सान्त्वना हुने टिमले १० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसका साथै प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर, बेस्ट कोच, अनुशासित खेलाडी तथा उदीयमान खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

न्यू होराइजन स्पोर्ट्स क्लबले विद्यालयस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले एक वर्ष छात्र भलिबल र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ०१ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’