३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर



खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ । गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट यस वर्ष ११ मुरी तिते फापर उत्पादन गरेको हो ।

गाउँपालिकाको लगानीमा उत्पादन गरिएको औषधीय गुण भएको तिते फापर बिक्रीका लागि प्रतिकेजी रु ९० मूल्य निर्धारण गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिए । “तिते फापर लोप हुँदै गएको छ । यो स्वास्थ्यका लागि फाइदाजनक छ । गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । यही कार्यक्रमअन्तर्गत यस वर्षदेखि तिते फापर उत्पादन सुरु गरिएको हो”, उनले भने, “गाउँपालिकाले उत्पादन गरेको तिते फापर बिक्रीका लागि भण्डारण गरेर राखिएको छ । खरिद गर्न इच्छुक महानुभावले चिसापानी बजार आएर प्रतिकेजी रु ९० मूल्यमा लिनसक्नुहुन्छ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा सरकारी तथा पर्ती जग्गामा तिते फापर खेती लगाएको थियो । तिते फापरखेतीका लागि जमिन खनजोत गर्न, बीउ छर्न, उत्पादित फापर काट्ने र उठाउने काममा पारिश्रमिक दिएर कामदार लगाइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख काजोल कुश्माले जानकारी दिए ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो जन्तेढुङ्गा गाउँपालिकाले यसअघि सोही ठाउँको बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको थियो । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आव २०८१/०८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले आलु फलाएको हो ।

गाउँपालिकाले भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलुखेती लगाएको थियो । गाउँपालिकाको आन्तरिक आयश्रोत वृद्धि गर्ने उद्देश्यले बाँझो जमिन फोरेर भञ्ज्याङखर्कमा रोपिएको आलु खन्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीलाई लगाइएको थियो ।

बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाको केन्द्र चिसापानी बजारमा सञ्चालन गरिएको कोसेली घरमा भण्डार गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेर बिक्री गरिएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । “वर्षौंदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलुखेती लगाएका थियौँ । आलुखेती प्रवद्र्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ”, उनले भने, “गाउँपालिकाले सञ्चालन गरेको आलुखेती प्रवद्र्धन कार्यक्रममा रु तीन लाख बराबरको श्रमदान जुटाइएको थियो । उत्पादित आलुलाई ग्रेडिङ गर्दै साना-साना दानालाई भने सोही ठाउँमा रोप्न बीउको रूपमा राखेका छौँ ।”

गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई व्यावसायिक बनाउन प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाको १७ औँ गाउँसभाले गाउँपालिकाका स्थानीयवासीलाई व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमका नीति तथा कार्यक्रम बनाएको छ । छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूलाठूला घाँसे मैदान रहेको भञ्ज्याङखर्कमा आगामी आव पनि आलुखेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलुखेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ९ : ५१ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण