१८ माघ २०८२, आइतबार | February 1, 2026

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग चुनावी प्रचारमा हिँडिरहेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । अछाममा अचानक बेहोस भई ढलेका सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइए पनि उपचारका क्रममा आइतबार उनको निधन भएको हो ।

काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार ४५ वर्षीय सिटौलालाई आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा मृत घोषणा गरिएको हो । अस्पतालले ब्रेन हेमरेजका कारण उनको निधन भएको जनाएको छ ।

सिटौला शुक्रबार बिहान अछाम सदरमुकाम मंगलसेनमा बेहोस भएका थिए । त्यसपछि उनीलाई सोही दिन दिउँसो नेपाली सेनाको स्काई ट्रक हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । तर, चिकित्सकको प्रयास सफल हुन सकेन ।

पछिल्लो समय सिटौला नेपाली फिल्म क्षेत्रसँग जोडिएर मिडिया संयोजकका रूपमा सक्रिय थिए । उनले एक सिनेमा केन्द्रित अनलाइन समाचार माध्यमसमेत सञ्चालन गर्दै आएका थिए । पत्रकारिता र मनोरञ्जन क्षेत्र दुवैमा उनको सक्रिय उपस्थितिलाई स्मरण गरिन्छ ।

बालेन्द्र साहसँग निकट रहेर काम गर्दै आएका सिटौला राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा पश्चिम नेपाल पुगेका थिए । उनको असामयिक निधनले पत्रकारिता क्षेत्रसँगै राजनीतिक वृत्तमा पनि शोकको वातावरण सिर्जना गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : ०१ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक