१८ माघ २०८२, आइतबार | February 1, 2026

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल



सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिने हिमालहरूको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित बनाउने गरेको छ । यस स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट), लोत्से, आमादब्लमलगायतका प्रमुख हिमश्रृङ्खलाको एकैसाथ अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहदेखि करिब ३,८८० मिटर उचाइमा रहेको एभरेष्ट भ्यू प्वाइन्ट सगरमाथा क्षेत्रमा आउने पर्यटकका लागि अनिवार्य गन्तव्यका रूपमा परिचित छ । विशेषगरी बिहानको समयमा मौसम खुलेको बेला यहाँबाट देखिने हिमालहरूको दृश्य अत्यन्तै आकर्षक हुने गर्दछ ।

विदेशी पर्यटक मात्र नभई पछिल्लो समय आन्तरिक पर्यटकको आगमनसमेत बढ्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन् । पर्यटकहरू यहाँबाट हिमाल अवलोकन गर्दै फोटो तथा भिडियो खिच्ने, चिया-कफीको स्वाद लिने र प्राकृतिक सौन्दर्यको आनन्द लिने गर्छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्रले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हिमाल, संस्कृति र आतिथ्यताको संगमका रूपमा परिचित नाम्चे र एभरेष्ट भ्यू प्वाइन्ट सोलुखुम्बु भ्रमणको प्रमुख आकर्षण बनेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ३१ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक