२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल



सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिने हिमालहरूको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित बनाउने गरेको छ । यस स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथा (एभरेष्ट), लोत्से, आमादब्लमलगायतका प्रमुख हिमश्रृङ्खलाको एकैसाथ अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहदेखि करिब ३,८८० मिटर उचाइमा रहेको एभरेष्ट भ्यू प्वाइन्ट सगरमाथा क्षेत्रमा आउने पर्यटकका लागि अनिवार्य गन्तव्यका रूपमा परिचित छ । विशेषगरी बिहानको समयमा मौसम खुलेको बेला यहाँबाट देखिने हिमालहरूको दृश्य अत्यन्तै आकर्षक हुने गर्दछ ।

विदेशी पर्यटक मात्र नभई पछिल्लो समय आन्तरिक पर्यटकको आगमनसमेत बढ्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन् । पर्यटकहरू यहाँबाट हिमाल अवलोकन गर्दै फोटो तथा भिडियो खिच्ने, चिया-कफीको स्वाद लिने र प्राकृतिक सौन्दर्यको आनन्द लिने गर्छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्रले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हिमाल, संस्कृति र आतिथ्यताको संगमका रूपमा परिचित नाम्चे र एभरेष्ट भ्यू प्वाइन्ट सोलुखुम्बु भ्रमणको प्रमुख आकर्षण बनेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ३१ बजे

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा