१० चैत्र २०८२, मंगलबार | March 24, 2026

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित



बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । पुस ७ गतेदेखि २१ गतेसम्म वडा-वडामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमार्फत २ हजार १०० भन्दा बढी ज्येष्ठ नागरिकले प्रत्यक्ष सेवा लिएका हुन् ।

ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनलाई सहज बनाउने उद्देश्यले उपमहानगरपालिकाले आवश्यक कानुनी व्यवस्था गर्दै यो कार्यक्रम सञ्चालन गरेको हो । ‘बा-आमासँग नगरप्रमुख’ बुटवल उपमहानगरपालिकाको नविनतम र प्रभावकारी सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ ।

उपमहानगरपालिकाले वर्षमा दुई पटक वडा-वडामा स्वास्थ्य शिविर सञ्चालन गरी ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा उप-निर्देशक युवराज पाण्डेका अनुसार विशेषज्ञ चिकित्सकसहितको टोलीद्वारा शिविर सञ्चालन गरी रक्तचाप, मधुमेह, हृदय, आँखा लगायतका स्वास्थ्य समस्या परीक्षण गरिएको थियो । परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।

पाण्डेका अनुसार स्वास्थ्य परीक्षणका क्रममा धेरैजसो ज्येष्ठ नागरिकमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको छ । थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पताल पठाउनुपर्ने अवस्थामा सम्बन्धित अस्पतालसँग समन्वय गरी सस्तो तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन उपमहानगरपालिकाले पहल गरेको छ ।

“घरमै बसेर विशेषज्ञ चिकित्सकसँग आफ्ना स्वास्थ्य समस्या राख्न पाउँदा सेवाग्राही ज्येष्ठ नागरिक अत्यन्तै खुसी देखिएका छन्,” पाण्डेले भने, “यस कार्यक्रमले स्थानीय सरकार जनताको अभिभावकका रूपमा रहेको अनुभूति गराएको छ ।”

स्थानीय तहबाटै वृद्धवृद्धाको स्वास्थ्यमा प्रत्यक्ष पहुँच पुर्‍याउने यो कार्यक्रमले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र मानवीय संवेदनालाई जोड्दै उदाहरणीय अभ्यास स्थापित गरेको सरोकारवालाहरूको भनाइ छ । बुटवल उपमहानगरपालिकाले आगामी दिनमा पनि ज्येष्ठ नागरिक केन्द्रित यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  २ : ४२ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।