१९ माघ २०८२, सोमबार | February 2, 2026

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट



बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा जनताबाट प्राप्त अपार माया र सद्भावले आफू उत्साहित बनेको बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पूर्वमन्त्री विष्टले आफू जनताको भरिया भएको उल्लेख गर्दै समग्र जिल्लाको विकासका अधुरा काम पूरा गर्न पुनः उम्मेदवार बनेर आएको बताए ।

सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले चुनावी माहोल हेर्दा आत्मविश्वास थपिएको बताए । “विगतका निर्वाचनमा पनि जनताको अपार मायाले जित्दै आएको हुँ,” उपाध्यक्ष विष्टले भने, “अहिले पनि त्यस्तै सद्भाव पाएको छु । आफ्नो क्षेत्रका बाँकी अधुरा काम पूरा गर्न जनताले फेरि अवसर प्रदान गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु ।”

गुल्मीमा भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेता विष्टले अबको प्राथमिकता विकाससँगै आयआर्जन र रोजगारी सिर्जनामा केन्द्रित हुने बताए ।
“अब गाउँमा युवालाई रोजगारी सिर्जना गर्ने र महिलालाई आयआर्जनमा जोड्ने मेरो सोच छ,” उनले भने, “सँगै जिल्लामा बढ्दो बसाइँसराइको समस्यालाई नीतिगत सुधारमार्फत समाधान गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु ।”

उनले अहिलेको निर्वाचनमा जनताले परीक्षणबाट उत्तीर्ण भएका राजनीतिक दल र नेतृत्वलाई छनोट गरेर लोकतन्त्रलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

यसैक्रममा उम्मेदवार विष्टले गुल्मी धुर्कोट-रुपन्देही सम्पर्क समाजसँग भेटघाट तथा छलफल गरेका छन् । विष्ट गुल्मी-२ बाट २०७०, २०७४ र २०७९ का निर्वाचनमा लगातार विजयी हुँदै ‘ह्याट्रिक’ गरेका नेता हुन् । यसपटक पनि उनी सोही क्षेत्रबाट उम्मेदवार छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ४८ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको