१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसोका कारण असहज अवस्था सिर्जना भए दोस्रो चरणमा निर्वाचन गरिने स्पष्ट पारेकी छन्।

पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी)द्वारा आयोजित विद्यार्थी तालिम समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा निर्वाचन सहज बनाउन सरकारले आवश्यक तयारी गरिरहेको उल्लेख गरिन् । जहाँ सडक सञ्जाल उपलब्ध छ, त्यहाँ सवारी साधनमार्फत मतदातालाई मतदान केन्द्रसम्म पु¥याउने व्यवस्था गर्नेबारे समेत सरकार सोचिरहेको उनले बताइन्। उनले भनिन्, “अत्यधिक चिसोका कारण निर्वाचन गर्नै नसक्ने अवस्था आयो भने त्यस्ता जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ।”

प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमै केन्द्रित रहेको बताइन्। उनले निर्वाचन शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

कार्कीले विशेष परिस्थितिमा निर्वाचन हुन लागेको उल्लेख गर्दै यसका लागि करिब ३० देखि ३२ अर्ब रुपैयाँ खर्च हुने जानकारी पनि दिइन्। “देशमा स्थायित्व र शान्ति स्थापना गर्न यो निर्वाचन कोसेढुंगा सावित हुनेछ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने विषय अब पूर्ण रूपमा समाप्त भइसकेको दाबी गर्दै आफूलाई अहिलेसम्म कसैले पनि निर्वाचन सार्ने प्रस्ताव नगरेको स्पष्ट पारिन्। “निर्वाचन सर्दैन, तोकिएकै समयमा हुन्छ,” उनले दोहोर्याइन्।

यसअघि विभिन्न माग राख्दै आएका समूहहरू समेत निर्वाचन प्रक्रियामा सहभागी भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सबै पक्षको शान्तिपूर्ण र उत्साहजनक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : २४ बजे

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली