१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान



बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौ स्थापना दिवसको अवसरमा मंगलबार साधना महिला विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष महिलाहरुले अध्ययन गर्ने बुटवल-६ स्थित स्कूललाई शैक्षिक सामग्री उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको हो ।

सहकारीका जेष्ठ सदस्य हरिकला पाण्डे, सहकारीका उपाध्यक्ष विष्णुकुमारी गौतमले एक समारोहका बीच विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै सहकारीका उपाध्यक्ष गौतमले सहकारीले आफ्नो स्थापना दिवस सामाजिक कार्य गरेर मनाउँदै आइरहेको बताइन् । शिक्षाबाट बञ्चित महिला र बालिकाहरुलाई सानो भएर पनि सहयोग पुगोस भनेर सहयोग हस्तारण गरिएको उपाध्यक्ष गौतमको भनाइ छ ।

कार्यक्रममा साधना महिला विद्यालयका अध्यक्ष मोतिलाल जैसीले विद्यालयलाई सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनहरुमा पनि पुन्य काममा हात फैलाउन सहकारीलाई आग्रह गरे ।

 

सहकारीलाई नमूना बनाउदै सबैको भरोसायोग्य वित्तीय संस्था बनाउन आफूहरु निरन्तर खटिरहेको सहकारीका कोषाध्यक्ष सन्तोष केसीले बताए । सो अवसरमा सल्लाहकार राजेन्द्र ढकाल, राजेन्द्रप्रसाद शर्मा, सहकारीका व्यवस्थापक विमला अधिकारी, कक्षा १० का विद्यार्थी तथा चेली सहकारी देवदहको अध्यक्ष देवी अधिकारी लगायतले बोलेका थिए ।

सहकारीका उपाध्यक्ष विष्णु कुमारी गौतमको अध्यक्षता, कोषाध्यक्ष सन्तोष केसीको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा, सदस्यहरु, लेखा सुपरीबेक्षण समितिका संयोजक एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को पहिलो बहुउद्देश्यीय सहकारी संस्था हो । सहकारी छोटो समयमा अब्बल र दरिलो वित्तीय संस्थाका रुपमा स्थापित भएको छ । स्थापना दिवसको अवसरमा सहकारीमा ११ जना नया सदस्य थापिएका छन् ।

जसमा जमुना बस्याल, सागर रायमाझी, सृजना विश्वकर्मा, सुप्रिम पाण्डे, सरस्वती न्यौपाने, रचना श्रेष्ठ, महेन्द्र पाण्डे, भगवती पौडेल, सकुन्तला ढकाल, मिना लोहनी र किरण पौडेल रहेका छन । सहकारीमा ७५० भन्दा बढी शेयर सदस्य आबद्ध छन ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : ३५ बजे

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा

गृहमन्त्री अर्यालको १९१ दिन : सफलतापूर्वक निर्वाचन, सुशासन र नीतिगत सुधार

काठमाडौं । जेनजी आन्दोलनपछि देश अन्योल, त्रास र अस्थिरताको अवस्थामा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक

अवैध क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली । यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी