३१ भदौ २०८३, बुधबार | September 16, 2026

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा



जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा ४१ उम्मेदवारबीच  प्रतिस्पर्धा हुने भएको छ ।
यहाँ दुई पूर्वमन्त्री, दुई बागी उम्मेदवार र जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरका छोरीसहित जेनजी आन्दोलनपश्चात् परिवर्तको नारा बोकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका युवा उम्मेदवारहरुसहित जम्मा ४१ जना चुनावी मैदानमा उत्रेका हुन् ।
यसअघि २०७५ र २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लगातार दुईपटक यस क्षेत्रबाट निर्वाचित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले छोरी मिनाक्षीलाई चुनावी मैदानमा उतारेका छन् ।
मिनाक्षीले घरदैलो अभियानलाई सक्रियताका साथ अगाडि बढाएकी छिन् । त्यसैगरी यसअघिको चुनावमा ठाकुरका निकटतम प्रतिद्वन्द्वी पूर्वकृषिमन्त्री हरिनारायण यादवले जसपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले पनि घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।
अघिल्लो निर्वाचनकै अर्का स्वतन्त्र उम्मेदवार रामआधार कापरले यसवर्ष पुनः स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसैबीच यसअघिको निर्वाचनमा तत्कालीन लोसपा र महन्थ ठाकुरलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएका नेपाली कांग्रेसले यसपालि उम्मेदवार खडा गरेको छ । कांग्रेसले यस क्षेत्रबाट बजरङ्ग नेपालीलाई चुनावी मैदानमा उतारेको हो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजकुमार सिंह, नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उज्ज्वलकुमार झा, उज्यालो नेपाल पार्टीका नेता रञ्जितकुमार साहलगायत तीन दर्जन बढी उम्मेदवारहरु पनि यसै क्षेत्रबाट चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : ४३ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।