२१ माघ २०८२, बुधबार | February 4, 2026

मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनका लागि ३९ मतदान केन्द्र कायम, निर्वाचनमा हिमपातको डर



मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङ जिल्लामा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहका सबै मतदान केन्द्र र मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य अवस्थामा रहेको जनाइएको छ ।

निर्वाचनका लागि सुरक्षा चुनौती सामान्य रहे पनि सम्भावित हिमपातले मतदान कार्यक्रम प्रभावित हुन सक्ने अनुमान गरिएको छ । हिमपात भएमा मतदाता मतदान स्थलसम्म पुग्न तथा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समस्या हुन सक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताईन ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडक खण्डमा बाक्लो हिउँ जमेका कारण एक महिनादेखि यातायात सेवा अवरुद्ध रहेको छ । विगतमा फागुन-चैत महिनामा हिमपात हुने गरेको अनुभवका आधारमा सम्भावित समस्या समाधानका लागि तयारी थालिएको प्रजिअ शर्माले जानकारी दिनुभयो । निर्वाचनको दिनभन्दा केही अगाडि साङ्ता मतदान केन्द्र जाने सडकमा डोजर परिचालन गरी हिउँ पन्छ्याउने योजना बनाइएको छ ।

यस पटक जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका-२ को समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । साथै लोघेकर दामोदरकुण्ड-ताङ्ग्याका मतदाताको सुविधाका लागि थप एक मतदानस्थल पनि थपिएको छ ।

हाल थासाङ गाउँपालिकामा ८, घरपझोङ गाउँपालिकामा ६, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १०, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ९ र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ ।

प्रजिअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडक पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध छ ।

मुस्ताङमा कुल ११ हजार ३२८ मतदाता रहेका छन् । जसमध्ये ५ हजार ५५९ पुरुष, ५ हजार ७६८ महिला र एक जना अन्य लिङ्गका मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

गाउँपालिकागत रूपमा घरपझोङमा २ हजार ४९२, थासाङमा २ हजार ९०८, लोघेकर दामोदरकुण्डमा १ हजार ५४२, वारागुङ मुक्तिक्षेत्रमा २ हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका २६६ जना र सशस्त्र प्रहरी बल नेपालका ४६ जना सुरक्षाकर्मी परिचालन गरिनेछन् । निर्वाचन प्रहरीका लागि आवश्यक अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आम जनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ०५ बजे

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा