९ चैत्र २०८२, सोमबार | March 24, 2026

आज विश्व क्यान्सर दिवस



काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारमा जोड दिने उद्देश्यले आज विश्वभर विश्व क्यान्सर दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष फेब्रुअरी ४ तारिखमा मनाइने यो दिवस सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’पछि औपचारिक रूपमा मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर प्रत्येक वर्ष करिब १० लाख मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली, असन्तुलित खानपान तथा शारीरिक निष्क्रियता क्यान्सरका प्रमुख जोखिम कारकका रूपमा रहेका छन् ।

स्वास्थ्य विज्ञहरूले क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने तथा प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार गराउने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ३० बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११