२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र



नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।

सङ्घ तथा प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलगायत अस्थायी मतदाता नामावलीमा समावेश छन् । बाँकेमा दुई हजार ३३८ जना अस्थायी मतदाताका छन् । अस्थायी मतदाताले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउँने व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा मङ्गलबार भएको बैठकले निर्वाचनका लागि दुई हजार ४१५ कर्मचारी सिफारिस गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ११ : १५ बजे

माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा

काठमाडौ । माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी