७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्वाचन प्रचारमा सामाजिक सञ्जालको दुरुपयोगप्रति एमालेको गम्भीर चिन्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने निर्वाचनको प्रचार-प्रसारका क्रममा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । कलाकारको प्रयोग र प्रविधिको दुरुपयोगमार्फत पार्टी नेतृत्व, नीति तथा निर्वाचन चिह्नबारे भ्रम फैलाउने प्रयास भइरहेको एमालेको आरोप छ ।

एमालेले यस्ता गतिविधिमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित गालीगलौज, अमर्यादित र असभ्य अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै एमालेले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

पार्टीले मुलुकको शान्ति-सुरक्षाको अवस्थाप्रति पनि गहिरो चिन्ता व्यक्त गरेको छ । फरार कैदीबन्दी, अवैध हातहतियारको प्रयोग, राजधानीमा बढ्दो लुटपाटका घटना तथा बाराको परवानीपुरमा भएको हत्याकाण्डले भयरहित र निर्भिक रूपमा मतदान गर्ने वातावरण अझै तयार नभएको एमालेको दाबी छ ।

एमालेका प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार यस्ता घटनाको शीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।

निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन भइरहेको उल्लेख गर्दै एमालेले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमाथि सम्बन्धित निकायले कडा निगरानी बढाउनुपर्ने बताएको छ । अन्यथा उत्पन्न हुन सक्ने अराजकता, हिंसा र कानुन उल्लङ्घनको सम्पूर्ण जिम्मेवारी सरकार र सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पनि एमालेले दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ३ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज