९ चैत्र २०८२, सोमबार | March 24, 2026

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग



बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै उम्मेदवार छनोट गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवास सल्लाहकार डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् ।

पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन प्रक्रियाअनुसार प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ बुझाए पनि आफूलाई कुनै पनि तर्फ उम्मेदवार नबनाइएपछि कुँवरले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

रुपन्देहीको देवदह नगरपालिका-२ निवासी कुँवर रुपन्देही-१ बाट उम्मेदवार बन्ने उद्देश्यसहित अमेरिका छाडेर नेपाल आएका थिए । सो निर्वाचन क्षेत्रबाट कुँवरसहित ६ जनाको नाम सिफारिस गरिएको थियो । तर, पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सल्लाहकार सुनील लम्साललाई उम्मेदवार बनाएको कुँवरको दाबी छ ।

विज्ञप्तिमार्फत कुँवरले आफूलाई ठूलो अन्याय भएको प्रतिक्रिया दिएका छन् । “मलाई प्रत्यक्ष उम्मेदवार बनाउने भनेर अमेरिकाबाट नेपाल बोलाइयो । सुरुमा समानुपातिकमा राख्ने भन्दै ५० हजार बुझाएँ, पछि प्रत्यक्ष उम्मेदवार बन्न भन्दै प्राइमरी इलेक्सनका लागि थप २५ हजार बुझाएँ,” उनले भने, “तर प्राइमरी इलेक्सन नै नगरी खल्तीबाट उम्मेदवार छानियो ।”

उनले नजिकबाट हेर्दा रास्वपाको व्यवहार र दाबी फरक देखिएको भन्दै गम्भीर अन्याय महसुस भएपछि पार्टी परित्याग गरेको बताए । “टाढाबाट हेर्दाको रास्वपा र नजिकबाट हेर्दाको रास्वपा धेरै फरक रहेछ,” कुँवरको भनाइ छ ।

राष्ट्रियताप्रतिको पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको आरोप लगाउँदै उनले रास्वपाले विदेशमा रहेका धेरै नेपालीको भावना माथि खेलवाड गरेको बताए । “विदेशमा बसेर देशका लागि केही गर्न चाहने नेपालीलाई धोका दिइयो,” उनले भने ।

कुँवरले अब रवि लामिछाने वा अन्य कुनै नेताको आग्रह आए पनि रास्वपामा पुनः नफर्किने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ४ : ०९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११