१८ असार २०८३, बिहिबार | July 3, 2026

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित



काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार चेन्नईमा सम्पन्न दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

यसअघि नेपालले पहिलो वार्मअप खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ सेखले सर्वाधिक ५८ रनको योगदान दिए । उनले २९ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गरे । सन्दीप जोराले ३० बलमा चार चौका र एक छक्कासहित ४४ रन जोडे । गुल्सन झाले ३१ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १२ रन जोडेर आउट भए ।

क्यानडाका तर्फबाट जसकरन सिंह, साद बिन जफर र अजयभिर हुँदालले समान एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाका लागि ओपनर नभ्नीत धलिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा एक चौका र तीन छक्का प्रहार गरे । अविजित रहेका श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८ रन जोडे ।

तेस्रो नम्बरमा आएका कनवरपाल तथगुरले २४ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाए । जसकरण सिंहले २१ रन जोडे भने निकोलस किर्टनले १० रन बनाए ।

नेपालका बलरमध्ये कुशल भुर्तेल र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिए ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी-२० विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो अभियानको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ४ : ५६ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले