२२ भदौ २०८३, सोमबार | September 7, 2026

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न



बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा वृहत निःशुल्क स्वास्थ्य परीक्षण तथा मधुमेहको स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर तथा मधुमेहको निःशुल्क परीक्षण गरिएको क्लबकी अध्यक्ष दिपा थन्जुले जानकारी दिइन् ।

प्रादेशिक अस्पतालका चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा विहान ११ बजदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिएको शिविरमा २५० जनालाई परीक्षाण् गरिएको थियो । परीक्षणका क्रममा स्वास्थ्य समस्या देखिका सेवाग्राहीलाई निःशुल्क ओषधि समेत वितरण गरिएको क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक कविता श्रेष्ठले जानकारी दिइन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी डिष्ट्रिक ३२५ पीका प्रथम उपाध्यक्ष सन्दिप कसौधनले सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई थप बढाउँदै लैजान सुझाव दिए । क्लबको अग्रसरतामा विभिन्न रचनात्मक क्रियाकलाप हुँदै आएकोप्रति खुसी व्यक्त गर्दै उनले मानवीय सेवा भावले एकीकृत हुन आह्वान गरे ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका महिला रोग विशेषज्ञ डा. रुकमनी शर्मा, जनरल मेडिसियन डा. सुरज पोखरेल, हाड जोर्नी विशेषज्ञ डा. सन्तोष भट्टराई तथा बाल रोग विशेषज्ञ डा. जगदिश कुंवरसहित स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ९ : १७ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको