२ असार २०८३, मंगलबार | June 16, 2026

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा एक बालिकाको ज्यान गएको घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर रूपमा लिएको जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन पार्टीले आवश्यक पहल गरिरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि सम्बन्धित प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।” रास्वपाले कानुनी प्रक्रिया पूरा गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ।

यसैबीच, चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधनको परिचालनमा उच्च सतर्कता अपनाउन, सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन रास्वपाले आफ्ना सबै सदस्य, उम्मेदवार तथा चालकहरूलाई निर्देशन जारी गरेको जनाएको छ।

उक्त घटना रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारका क्रममा भएको हो। बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी चार वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको थियो। उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो कार्यक्रम गरिरहेका बेला उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते बालिकालाई उपचारका लागि कार चालकले सिटी अस्पताल गौरमा पुर्‍याएका थिए। अस्पतालमा छाडेर फरार भएका चालकलाई प्रहरीले बेलुका नियन्त्रणमा लिएको थियो। त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : ४७ बजे

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको